नाडाको आन्दोलन स्थगित गर्ने तयारी, व्यवसायीका माग सम्बोधन गर्न सरकार सकारात्मक

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आन्दोलन स्थगित गर्ने भएको छ । बिहीबार नाडाका पदाधिकारीहरुले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेललाई भेट आफ्ना समस्याबारे जानकारी गराएका थिए ।

अटोमोबाईल व्यवसायीका माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको अर्थमन्त्री पौडेलको प्रतिक्रिया पछि व्यवसायीहरुले हाललाई आन्दोलन स्थगित गर्ने तयारी गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुब थापाले जानकारी दिए । व्यवसायीहरुका समस्याका विषयमा विस्तृतरुपमा छलफल गरी सामास्याको समाधान खोज्ने अर्थमन्त्री पौडेलले बताएका छन् ।

व्यवसायीका समस्या समाधान गर्न सरकारले सकारात्मकरुपले अगाडि बढिसकेको उनको प्रतिक्रिया थियो । व्यवसायीहरुसँगको छलफल पछि हाललाई आन्दोलन स्थगित भएको औपचारिक रुपमा घोषणा गर्ने नाडाले तयारी गरेको अध्यक्ष थापाले बताए ।

footwear zone

अध्यक्ष थापाले बढदो व्याजदर तथा प्रिमियम दरलाई तत्कालै एउटा उपयुक्त सीमाभित्र राखि अर्थतन्त्रलाई गतिशिल बनाउने नीति अवलम्बन गर्न, सवारी साधनहरु आयातका लागि LC खोल्दा न्युनतम नगद मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्न, अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात् ७५ प्रतिशत कायम गर्ने, बैंकहरुबाट निजी सवारीसाधनको Hire Purchase Loan प्रवाह गर्ने प्रकियामा Loan to Value Ratio को हालको सिमा ५० प्रतिशतबाट वृद्घि गरी ८० प्रतिशत कायम गर्नेलगायत माग गरेका छन् ।

साथै नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा भएका कतिपय बुंदाहरु हालको अवस्थामा व्यावहारिकरुपमा लागु गर्न कठीन हुने देखिएको सन्दर्भमा यस निर्देशिकालाई दुई वर्षसम्मका लागि स्थगित गर्ने व्यवस्थाका लागि विशेष आग्रह गरेका थिए ।

अर्थमन्त्रीसँगको भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्षद्वय राजनबाबु श्रेष्ठ तथा सुनिल रिजाल, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्वय निराकार श्रेष्ठ र अभिक ज्योति समेतको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.