शुक्रबार अमेरिकी डलर सस्तियो, यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर !

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १८ पैसा र बिक्रीदर १३२ रुपैया ७८ पैसा रहेको छ । यो साताको अन्तिम कारोबार दिन शुक्रबार अमेरिकी डलरको मूल्यमा केही पैसा सस्तिएको छ ।

त्यस्तै, शुक्रबार युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ७६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४० पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८रुपैयाँ ८६पैसा र बिक्रीमा ८९रुपैयाँ २६ पैसा राष्ट्र बैंकले तोकेको छ ।

footwear zone

त्यसैगरी, साउथ कोरियन वन १०० को खरिद मूल्य १० रुपैयाँ ४४ पैसा र बिक्री मूल्य १० रुपैयाँ ४९ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ ८८ पैसा र बिक्री मूल्य ३० रुपैयाँ ०२ पैसा, कुवेती दिनार एकको खरिदर ४३१ रुपैयाँ ५७ पैसाँ र बिक्रीदर ४३३ रुपैया ५२ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५२ रुपैयाँ १८ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

यस्तै, आज जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९३ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १५ पैसा र बिक्रीदर ३५रुपैयाँ ३१ पैसा , कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ १५ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ३४ पैसा राष्ट्र बैंकले तोकेको छ ।

यस्तो छ शुक्रबारको विदेशी मुद्रा विनिमय दर-

 

 

 

You might also like

Comments are closed.