काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायमै रहेको छ । बिहीबार तोलामा २ सयले घटेको छापावाल सनको मूल्य शुक्रबार भने ५ सय रुपैयाँले बढेको छ ।
तोलामा ५ सय रुपैयाँ बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन तोलाको १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको हो । बिहीबार तेजाबी सुन प्रतितोलाको १ लाख ४ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य शुक्रबार १५ रुपैयाँले बढेको छ । तोलामा १५ रुपैयाँले बढेसँगै शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।




Comments are closed.