ओखती ब्राण्डको उत्पादनहरु १५ औं वर्षमा प्रवेश

काठमाडौं । ओखती ब्राण्डको उत्पादनहरु १४ औं वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको छ । श्री जयकाली जडिबुटी उद्योग प्रा.लि.ले उत्पादन गरेको ओखती ब्राण्डका उत्पादनहरु बजारमा आउन थालेको १४ औं वर्ष पुगेको हो ।

बजारमा छाएको आर्थिक मन्दीको अवस्थालाई मध्यनजर गर्दै सामान्य शुभकामना आदनप्रदान गरी प्रा.लि.ले वार्षिक उत्सव मनाइएको प्रवन्ध निर्देशक शोभाकान्त बस्यालले जानकारी दिए । वार्षिक उत्सवका अवसरमा उद्योगले आफ्ना ग्राहक, शुभेच्छुक, खुद्रा तथा होलसेल पसल, डिलर, कर्मचारी तथा संचालक समितिहरुमा आभार व्यक्त गरेको छ ।

जडिबुटीको प्रयोगबाट उत्पादन हुँदै आइरहेको ‘ओखती’ ब्राण्डका उत्पादन नेपाली बजारमा लोकप्रिय बनेका छन् । सन् २००९ मा स्थापना भएको श्री जयकाली जडिबुटी उद्योगबाट उत्पादित ओखती ब्राण्डका उत्पादन मध्ये उत्कृष्ट उत्पादन बन्न सफल भएको छ ओखती साबुन ।

footwear zone

आफ्नै मौलिकता र विशेषतालाई ध्यान दिएर ओखती ब्राण्डका साबुनहरु उत्पादन हुँदै आएका छन् । नेपालमा पाइने केमोमाइल, बोनो, सिट्रोलेना, लेमनग्रास, तितेपाती, अमला, निम, तेजपत्ता, अदुवा, मेन्था, एलोभरा, धुपी लगायतका जडिबुटीको प्रयोगरी ओखती साबुन उत्पादन हुन्छ ।

साबुनसँगै ओखती ब्राण्डमा स्याम्पु, फेसवास, क्लीनजीङ मिल्क, स्क्रव, सन ब्लक बडि लोसन, मोस्चराइजिङ क्रिम लगायतका कस्मेटिक प्रडक्ट पनि बजारमा बिक्री भइरहेका छन् ।

यसका साथै ओखती नामबाट उत्पादन गरिएका भिटामिन इ युक्त आयुर्वेदिक फेस सोप, निम सोप, बडि सोप, पपैया सोप, ह्वाइटनिङ पपैया सोप, तितेपाती सोप, ब्युटी सोप, चिउरी निम सोप, रोज सोप, स्पेशल बाथ सोप, केमोमाइल सोप लगायतका साबुन बजारमा उपलब्ध छन्।

You might also like

Comments are closed.