फुटसल उपाधि लायन्स क्लव अफ पोखरा अभियानलाई

पोखरा । अन्तर लायन्स क्लव स्तरीय फुटसल प्रतियोगिता अन्तर्गत पोखरामा भएको फाईनल खेलमा जित निकाल्दै लायन्स क्लव अफ पोखरा अभियानले उपाधि जितेको छ ।

फाइनल खेलमा लायन्स क्लव पोखरा गार्डेन सिटीलाई हराउँदै लायन्स क्लव अफ पोखरा विजेता बनेको आयोजक क्लव लायन्स क्लव अफ पोखरा अभियानका अध्यक्ष  कृष्ण लाम्सालले जानकारि दिए ।

पोखरा १२ अमरसिंहमा सम्पन्न फुटसल प्रतियोगिताको उद्घाटन लायन्स क्लवस अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आइ नेपालका गभर्नर रामबहादुर बसेलले गरेका थिए । कार्यक्रममा विजेता तथा उपविजेता टिमलाई डिष्ट्रिक्ट ३२५ आई नेपालका सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगानाले ट्र्फि, मेडल तथा सर्टिफिकेटसहित सम्मान गरेका थिए ।

footwear zone

कार्यक्रममा हाई स्कोर बैकुण्ठ पौडेल, वेष्ट प्लेयर नारायण केसी तथा वेष्ट गोल किपर खुदबहादुर गुरुङ हुन सफल भएका क्लव अफ पोखरा अभियानका टिम क्याप्टेन कृष्ण नेपालीले बताए ।

कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याबिनेट सेक्रेटरी हरिराज पन्त, डिष्ट्रिक्ट कोअर्डिनेटरहरु  रिशी गिरी एवं  युवराज खनाल, रिजन चियरपर्सन  प्रेम दाहाल, मोहन पौडेलका साथै जोन चियरपर्सन  किरण ढकालको उपस्थिति रहेको कार्यक्रम संयोजक वसन्त भुजेलले जानकारी दिए ।

You might also like

Comments are closed.