काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैया ६६ पैसा रहेको छ । यो साताको पहिलो कारोबार दिन आइतबार अमेरिकी डलरको मूल्यमा केही पैसा सस्तिएको छ ।
त्यस्तै, आइतबार युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ७८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८रुपैयाँ ६६पैसा र बिक्रीमा९०रुपैयाँ ०७ पैसा राष्ट्र बैंकले तोकेको छ ।

यस्तै, आज जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ र बिक्री मूल्य १० रुपैयाँ ०५ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५रुपैयाँ २७ पैसा , कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ १६ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ३२ पैसा राष्ट्र बैंकले तोकेको छ ।
त्यसैगरी, साउथ कोरियन वन १०० को खरिद मूल्य १० रुपैयाँ ४९ पैसा र बिक्री मूल्य १० रुपैयाँ ५४ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ ९८ पैसा र बिक्री मूल्य ३० रुपैयाँ १२ पैसा, कुवेती दिनार एकको खरिदर ४३१ रुपैयाँ ५० पैसाँ र बिक्रीदर ४३३ रुपैया ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २५ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ८४ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।
यस्तो छ आजको विनिमयदर





Comments are closed.