नेपाल टि-२० लिग क्रिकेट : काठमाडौंले जनकपुरलाई हरायो

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको टि-२० क्रिकेट लिग प्रतियोगितामा काठमाडौं नाइट्स जनकपुर रोयल्सलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौं जनकपुरलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो ।

काठमाडौंले दिएको एक सय ८१ रनको विजयी लक्ष्य पछाएको जनकपुर १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटियो । जनकपुरका लागि अरफुदिन असरफले सर्वाधिक ३३ रनको योगदान दिए भने सोमापाल कामीले २१ रन बनाए ।

त्यस्तै खड्क बोहोराले १० रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । काठमाडौंका अभिनास बोहोरा एक्लैले चार विकेट लिए भने अजमतुल्लाह उमरजाईले दुई विकेट लिए । त्यसैगरी कमलसिंह ऐरी, अनिल खरेल र बसिर अहमदले समान एक÷एक विकेट झारे ।

footwear zone

त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८० रनको योगफाल बनाएको थियो । काठमाडौंका लागि सुनाम गौतमले सर्वाधिक ६२ रनको योगदान दिएका थिए ।

त्यस्तै रायन बर्लले ६१ रन जोडे भने एलेक्स ब्लेकले २०, अजमतुल्लाह उमजाईले १० तथा लोकेश बमले सात रन बनाए । जनकपुरका लागि जितेन्द्र मुखियाले दुई विकेट लिए भने शरफुदिन असरफ र कप्तान ट्राभोल ग्रिफिथले समान एक/एक विकेट लिए ।

यससँगै पाँच खेलको काठमाडौं तीन जितसँगै छ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।त्यसैगरी छ खेल खेलेको जनकपुर चार खेलमा जित हात पार्दै आठ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ ।

लुम्बिनी अल स्टार छ खेलमा पाँच जित हात पार्दै १० अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा छ । यही पुस २७ गते हुने फाइनल खेलको विजेताले रु ५५ लाख तथा उपविजेताले रु ३० लाख प्राप्त गर्नेछ ।

You might also like

Comments are closed.