पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एअरलाइन्सको सफल उडान

पोखरा । हिमालय एअरलाइन्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफलता पूर्वक उडान गरेको छ । आइतबार हिमालयको एयरबस A320 9N-ALV ले अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) पोखरामा सफलतापूर्वक उडान गरेको हो ।

अङ्ग्रेजी नयाँ वर्ष २०२३ का दिन यो एअरलाइन्स्ले पहिलो Narrow body aircraft को ऐतिहासिक अवतरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा गरेको छ । नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) को उद्घाटन समारोहका लागि हिमालय एअरलाइन्स्ले आज बिहान १ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) काठमाडौंबाट उडान भरेर १ः४४ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा अवतरण गरेको थियो ।

हिमालय एअरलाइन्सकाे एअरबस A320- 214 पोखरामा अवतरण गर्ने पहिलो एअरबस बनेको छ । यो विमान 9N-ALV लाई पानीको फोहराको सलामी दिई स्वागत गरिएको थियो ।

footwear zone

पोखरा विमानस्थलका उच्च अधिकारीहरूले हिमालय एअरलाइन्स् टोलीको नेतृत्व गर्ने विजय श्रेष्ठ, उपाध्यक्ष, प्रशासन र क्याप्टेन हाओ डी, उपाध्यक्ष, सञ्चालकलाई स्वागत गरेका थिए । त्यसपछि विमान ३ः४४ बजे प्रस्थान गरेर ४ः१७ बजे काठमाडौंमा अवतरण गरेको थियो ।

You might also like

Comments are closed.