काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी रहेको छ ।
बालुवाटारमा जारी बैठकमा समसामयिक राजनीतिक विषय, सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम एवं सरकार विस्तार, विश्वासको मतलगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएका छन् ।

यही पुस १० गते दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका र उनले यही पुस २६ गते विश्वासको मत लिने तयारीमा जुटेका छन् ।उनले आठ सदस्यीय मन्त्रिपरिषद समेत गठन गरेका छन् ।




Comments are closed.