पुस २१ गतेदेखि १६ औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी

काठमाडौं । पुस २१ गतेदेखि १६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी सुरु हुँदैछ । जुत्ता तथा चप्पलसम्बन्धी स्वदेशी उत्पादनबारे नेपाली बिक्रेता र उपभोक्तालाई जानकारी दिने उद्देश्यले प्रदर्शनी गर्न लागिएको हो ।

नेपालमा पहिलोपटक हुन लागेको प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा पुस २१ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ। नेपाल जुत्ता उत्पादक संघले आयोजना गर्न लागेको प्रदर्शनीमा देशभरबाट १२ उद्योगसहित पाँच हजार उद्योगी, बिक्रेताले सहभागिता जनाउने अपेक्षा गरिएको छ।
प्रदर्शनीले स्वदेशी उत्पादनलाई बाह्य बजारमा समेत विस्तार गर्न सहयोग पुग्ने संयोजक सुरज बञ्जाडेले बताए ।

प्रदर्शनीमा विदेशी कच्च पदार्थ, मेसिनरी र प्रविधिसहितको ४० भन्दा बढी कम्पनीका प्रदर्शनी कक्ष र नेपाली फुटवेयरका ९० कम्पनी सहभागी हुनेछन्। संघका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी माग पूरा गर्न आत्मनिर्भर भएपनि चोरी पैठारीका कारण समस्या भएको बताए।

footwear zone

उनले भने, “चोरी पैठारी, न्यून विजकीकरण, दक्ष जनशक्तिको अभाव र अनियन्त्रित सस्तो जुत्ताको आयातले स्वदेशी उद्योगलाई प्रभाव पारेको छ।” नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगको सङ्ख्या एक हजार ५ सय रहेका छन्। नेपाली उद्योगको वार्षिक हाल पाँच करोड जोर उत्पादन गर्दै आएको बताए । यस क्षेत्रमा रु ३० अर्बभन्दा बढीको लगानी र रु चार अर्बभन्दा बढी बैंक कर्जा रहेको छ।

चालु आर्थिक वर्ष २०७७/७८ मा चार करोड ११ लाख ४६ हजार एक सय ११ जोर जुत्ता, चप्पल आयात भएको छ। २७ लाख ६४ हजार छ सय ४३ जोर जुत्ता, चप्पल निर्यात भएको छ। उद्योगीका अनुसार ३५ प्रतिशत क्षमतामा मात्र उद्योग सञ्चालनमा आएका छन्। विश्वका १८ देशमा नेपाली चुत्ता, चप्पल निर्यात हुने गरेका छन्।

You might also like

Comments are closed.