काठमाडाैं । दुई पाङ्ग्रे इलेक्ट्रिक सवारी उत्पादक कम्पनी ओला इलेक्ट्रिकले आगामी दिनमा आफ्ना केही विशेष उत्पादन लन्च गर्ने भएको छ । सन् २०२३ मा कम्पनीले नयाँ इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल लन्च गर्ने भएकाे छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत भाविश अग्रवालले सन् २०२७ सम्ममा कम्पनीका विभिन्न ६ वटा उत्पादन बजारमा आउने जानकारी समेत दिएका छन् । भारतको विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी ओला इलेक्ट्रिकका लागि सन् २०२२ निकै राम्रो रह्यो । यो वर्ष कम्पनीले धेरै ठूला उपलब्धिहरु हासिल गर्यो ।
यो वर्ष कम्पनीले आफ्नो Ola S1 Air इलेक्ट्रिक स्कुटर तथा MoveOS 2 लन्च गरेको थियो। यस क्रममा कम्पनीले लगभग १.५ लाख इलेक्ट्रिक स्कुटर बेचेको छ । एउटा ब्लग पोस्टमा ओला इलेक्ट्रिकका सीईओले भनेका छन् । वर्ष २०२३ मा कम्पनीले इलेक्ट्रिक स्कुटरहरूको सिरिज नै लन्च गर्ने विचार गरिरहेको छ।

ओलाले नयाँ वर्षमा मास मार्केट स्कुटर, मास मार्केट मोटरसाइकल तथा प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ल्याउने योजना बनाएको उनले बताएका छन् । यसमा खेलकुद, क्रूजर, साहसिक सडक बाइकहरू पनि समावेश छन् ।अग्रवालले सन् २०२३ र २०२४ मा कम्पनीले धेरै टु व्हिलर इभी बजारमा ल्याउन लागेको बताए । टु व्हिलर निर्माणको यो बलियो स्केलले इभी प्रविधि र सफ्टवेयर, इलेक्ट्रोनिक्स र ब्याट्रीहरूमा बलियो प्रतिस्पर्धात्मक लाभ दिने उनले बताए । उक्त ब्लग पोस्टमा अग्रवालले कम्पनीले आफ्नो इलेक्ट्रिक कारको लन्चका सम्बन्धमा पनि जानकारी दिएका छन ।
कम्पनीका संस्थापकले ओला इलेक्ट्रिकको पहिलो इलेक्ट्रिक कार सन् २०२४ मा लन्च गर्ने र आगामी पाँच वर्ष अर्थात २०२७ सम्ममा बजारमा विभिन्न ६ किसिमका उत्पादन बजारमा पठाइने बताएका छन् । यसबाहेक अग्रवालले कम्पनीले २०२३ को अन्त्य सम्ममा 5GWh क्षमताको सेल उत्पादन प्लान्ट सुरु गर्ने कुरा पनि जानकारी दिएका छन् ।




Comments are closed.