अटो पत्रकार संघद्वारा मन्त्री श्रेष्ठसँग भेट, दियो १४ बुँदे सुझाव

काठमाडौं । अटो पत्रकार संघले उपप्रधान, भौतिक पूर्वधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेको छ। संघका अध्यक्ष उज्जवलजंग शाहको नेतृत्वमा गएको समूहले मन्त्री श्रेष्ठलाई १४ बुँदे सुझाव दिएको छ ।

संघको तर्फबाट मन्त्री श्रेष्ठलाई सार्वजनिक यातायातको गुणस्तर सुधार, विद्युतीय सवारी साधनको प्रयोग बढाउनु पर्ने, सडक बत्तीलाई व्यापक बनाउनु पर्ने, करिडोरमा ट्राफिक व्यवस्थापन, सडक सेफ्टी अडिट, सडक सुरक्षामा व्यापक जनचेतना जगाउने सुझाव रहेका छन्।

त्यस्तै पठाओलगायत राइड सेयरिङ कम्पनीलाई व्यवस्थित बनाउने, सवारी साधन अनुमतिपत्र सम्बन्धीत कार्यालयलाई अख्तियारी दिने, हरेक प्रदेशमा भेहिकल फिटनेश सेन्टर स्थापना गर्नुपर्ने सुझाव संघले दिएको छ। मन्त्री श्रेष्ठले संघले दिएका सुझाव सम्बन्धी पक्षसंग छलफल गरी कार्यन्वयन गर्ने प्रतिवद्धता जनाएका छन्।

footwear zone

उनले सार्वजनिक यातायात अवस्थाको गुणस्तर एकदमै नाजुक रहेको बताउँदै त्यसमा गुणात्मक सुधारमा आफ्नो ध्यान रहने बताए । मन्त्रीले सुशासन, यातायात क्षेत्रको व्यवस्थापन र भौतिक पूर्वधार सुधारमा केन्द्रित हुने बताएका छन् ।

संघले सार्वजनिक यातायातको गुणस्तर सुधार गर्न मापदण्डमा भएका व्यवस्था कार्यान्वयन गर्नुपर्ने, विद्युतीय साधनको प्रयोगलाई बढवा दिँदै पुराना हरियो माइक्रोहरु तत्काल बन्द गर्दै सकेसम्म ईभीमा रुपान्तरण गर्दा केही सहुलियत दिन सुझाव दिएका छन् ।

त्यस्तै, ट्राफिल लाइटलाई ब्यापक बनाउने र भएका बत्ती एक महिनाभित्र दुरुस्त बनाउने, करिडोरमा ट्राफिक व्यवस्थापन उचित ढंगले गर्न विज्ञ टोलीले दिएको सुझाव कार्यान्वयन गर्ने, आवश्यक परे नयाँ विज्ञ टोली गठन गर्ने, बीपी हाइवेमा बढ्दो ठूला सवारीसाधनको प्रवेश तत्काल रोक्नेलगायतका सुझाव दिएका छन् ।

यी हुन् मन्त्री श्रेष्ठलाई दिएका १४ सुझाव

१. सार्वजनिक यातायातको गुणस्तर सुधार गर्न मापदण्डमा भएका व्यवस्था कार्यान्वयन गर्नु पर्ने,

२. विद्युतीय साधनको प्रयोगलाई बढवा दिँदै पुराना हरियो माइक्रोहरु तत्काल बन्द गर्दै सकेको खण्डमा ईभीमा रुपान्तरण गर्दा केही सहुलियत दिँदा राम्रो,

३. ट्राफिल लाइटलाई व्यापक बनाउने र भएका बत्ती एक महिनाभित्र दुरुस्त बनाउने,

४. करिडोरमा ट्राफिक व्यवस्थापन उचित ढंगले गर्न विज्ञ टोलीले दिएको सुझाव कार्यान्वयन गर्ने, आवश्यक परे नयाँ विज्ञ टोली गठन गर्ने,

५. बीपी हाइवेमा बढ्दो ठूला सवारीसाधनको प्रवेश तत्काल रोक्ने,

६. देशभर सडक विभाग मातहत रहेका सडकको सेफ्टी अडिट गर्ने,

७. सडक सुरक्षा र ट्राफिक सुरक्षाको विषयमा व्यापक जनचेतना जगाउने,

८. पठाओलगायतका राइड एण्ड सेयरिङ कम्पनीहरुमा आवद्ध सबै सवारीसाधनमा फरक नम्बर प्लेट प्रयोगमा ल्याउने,

९‍. ट्याक्सीको नयाँ मापदण्ड कार्यान्वयन गर्ने, सके पूर्ण विद्युतीय नभए कम्तीमा बीएस ६ मापदण्डको १००० सीसी माथिका गाडीको प्रयोग अनिर्वाय गर्ने,

१०. ड्राइभिङ लाइसेन्स परीक्षा र कार्ड छपाइ सम्बन्धित कार्यालयलाई अख्तियारी दिने,

११. ट्राफिक नियम उल्घंनमा लाग्ने जरिवाना १०० प्रतिशतले वृद्धि गर्ने, साथै, लेन क्रसलाई धेरैभन्दा धेरै निरीक्षण गराउने,

१२. यातायात कार्यालयबाट दिइने सेवा पूर्ण डिजिटल गर्ने,

१३. हरेक दिन सवारीसाधनको प्रदूषण परीक्षण गर्ने टिम सडकमा खटाउने,

१४. सबै प्रदेशमा सुविधा सम्पन्न भेहिकल फिटनेश सेन्टर स्थापना गर्ने ।

You might also like

Comments are closed.