काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ ।यो साताको पाचौँ कारोबार दिन बिहीबार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैया ७९ पैसा रहेको छ ।
त्यस्तै, आज यरोपिनय युरो र अष्ट्रेलियन डलर भने बढेको छ । आजको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २७ पैसा र बिक्रीदर १४० रुपैयाँ ९० पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ९०रुपैयाँ ८३ पैसा र बिक्रीमा ९१ रुपैयाँ २४पैसा राष्ट्र बैंकले तोकेको छ ।
त्यसैगरी, बिहीबार जापानिज येन, साउदी अरेवियन रियाल, कतारी रियाल पनि केही पैसा घटेको छ । बिहीबार जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ १३ पैसा र बिक्री मूल्य १० रुपैयाँ १७पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १६ पैसा र बिक्रीदर ३५रुपैयाँ ३२ पैसा , कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ १९ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ३५पैसा राष्ट्र बैंकले तोकेको छ ।
साथै, साउथ कोरियन वन १०० को खरिद मूल्य १० रुपैयाँ ४० पैसा र बिक्री मूल्य १० रुपैयाँ ४४ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य ३० रुपैयाँ ०४ पैसा र बिक्री मूल्य ३० रुपैयाँ १८पैसा, कुवेती दिनार एकको खरिदर ४३१ रुपैयाँ ५८ पैसाँ र बिक्रीदर ४३३ रुपैया ५४ पैसा, बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५२ रुपैयाँ २० पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

यस्तो छ आजको मुद्रा विनिमयदर –





Comments are closed.