‘प्रविधि, उत्पादन र ज्ञान साट्ने थलो’

होमनाथ उपाध्याय, पूर्व अध्यक्ष, फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपाल

यस अघि हामीले आन्तरिक व्यवसायीलाई लक्षित गरेर प्रदर्शनीमा गर्ने गरेका थियौं । अहिले सिधै उपभोक्तालाई नभई डिलरहरु, कच्चा पदार्थका उत्पादकहरु, सप्लायर्सहरु र फुटवेयरमा प्रयोग हुने टेक्नोलोजीका कुराहरु यी सबैलाई समेट्ने गरी हामीले १६औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी  गरेका हौं ।

यस प्रदर्शनीमा लक्षित वर्ग भनेको हामीसँग सरोकार राख्ने, जुत्ता बेच्ने रिटेलेर पसलहरु र डिलरहरुलाई लक्षित गरेर यो प्रदर्शनी गरिएको हो ।
यो पूर्णरुपमा व्यापारिक प्रदर्शनी नै हो । अर्को कुरा अन्तर्राष्ट्रियस्तरमा कुन प्रविधि, कच्चा पदार्थ र मेसिनेरी आइरहेको छन् ? त्यो सबै कुराहरुको हामीलाई जानकारी हुँदैन । तर, यो मेलामा हामी अन्तर्राष्ट्रिय स्तरका मेसिनरी, कच्चा पदार्थका उत्पादलाई सहभागी गराउँछौं । यसबाट हामीले बाहिरी मुलुकका नयाँ ज्ञानका कुराहरु लिन सक्नेछौं । यसले अन्तर्राष्ट्रिय बजारमा आएको नयाँ प्रविधि तथा नयाँ कुराहरुको बारेमा जानकारी लिन सक्नेछौं । यो हिसाबले पनि यसपटकको औद्योगिक प्रदर्शनी हाम्रा लागि नयाँ हुनेछ ।

प्रदर्शनी सिधै उपभोक्तासँग नजोडिएको हुनाले हामीले त्यहाँ आफ्ना स्याम्पल राखेर डिलरहरुसँग मन परेको सामान अर्डर गर्छौं । मन परेको सामानको आवश्यकता अनुसार अर्डर लिने मोडालिटीमा यो प्रदर्शनी हुँदैछ । यो प्रदर्शनीमा एक दुई जोर किन्न पाइदैन । होलसेलमा जुन सिस्टममा सामान जान्छ त्यही सिस्टमको अर्डर हामीले लिनेछौं ।

footwear zone

विदेशबाट आएका र मेटिरियल र मेसिनरीका सामानहरुमा मन परेका सामानहरु अर्डर गर्न सकिनेछ । कच्चा पदार्थको उहाँहरुले स्याम्पल लिएर आउनुहुन्छ । उहाँहरुले ल्याएको स्याम्पल हेरेर हामीले अर्डर दिन्छौं । आपसमा सम्बन्ध बिस्तार गर्छौं । कुराकानीमा आधारित

You might also like

Comments are closed.