व्युटि पार्लर एसोसिएसनको आयोजनामा बनभोज कार्यक्रम

पोखरा । व्युटि पार्लर एसोसिएसन गण्डकी प्रदेश, कास्की जिल्ला र लेखनाथ इकाईको संयुक्त आयोजनामा रमाइलो बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको संयोजन गण्डकी प्रदेशका अध्यक्ष रुपकला श्रेष्ठ त्यसैगरी कास्की जिल्लाका अध्यक्ष सुष्मा गुरुङ र लेखनाथ इकाई कमिटीको अध्यक्ष टिकामाया पुनले गरेका थिइन् ।

बनभोज कार्यक्रमको प्रमुख आतिथ्यता व्युटि पार्लर एसोसिएसनका संस्थापक एवम् वरिष्ठ सल्लाहकार चिनु गुरुङले गरेकी थिइन् भने विशेष अतिथिमा नेपाल व्युटिसियन संघ गण्डकी प्रदेशका अध्यक्ष कल्पना कोइरालाले गरेकी थिइन् ।उक्त कार्यक्रममा विभिन्न कम्पनीका डिस्ट्रिब्युटर्सहरुलाई सम्मान तथा धन्यवाद ज्ञापन गरिएको थियो ।

footwear zone

कार्यक्रममा एसोसिएसनका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु लगायत अन्य विभिन्न संघसंस्थामा आवद्ध सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रममाआफ्नो संस्थालाई हालसम्म सहयोग पुर्‍याउने विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई समेत धन्यवाद व्यक्त गरिएकाे थियाे ।

संस्थापक एवम् बरिस्ठ सल्लाहकार चिनु गुरुङले संस्थामा आवद्ध सम्पुर्ण व्युटिसियन साथिहरुलाई संस्थाको विरासतलाई सदैब बचाइरहनुपर्ने र महिलाबिरुद्धका सबै प्रकारका बिभेद र हिंसाको अन्त्य गरि महिलाहरूको हक तथा अधिकारको सुरक्षा र प्रवर्दनको लागि राज्यले अधिकारमा आधरित विकास अवधारणाको अवल्म्बन गरी नीतिगत र संस्थागत रुपमा सुधारका कार्यक्रमहरू संचालन गरी आफ्नो हक अधिकार तथा दायित्व संधै सुनिश्चित गर्नुपर्ने भन्दै गोलबन्द हुन समेत आव्हान गरिन् ।

त्यसैगरी, व्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेशका अध्यक्ष रुपकला श्रेष्ठले हाम्रो यस रमाइलो बनभोज कार्यक्रममा उपस्थिति भएका सम्पुर्ण सहयोगि मनहरु र व्युटिसीयन साथिहरुमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेकी थिइन् । कार्यक्रम संचालन व्युटिपार्लर एसोसिएसन गण्डकीका सचिव बबिता केसि कार्कीले गरेकी थिइन् । उक्त कार्यक्रममा राष्ट्रिय सौन्दर्यक्रमी युनियन नेपालका अध्यक्ष प्रेमकुमारी थापा (पवि गुरुङ)ले सौन्दर्य क्षेत्रमा गरेको अतुलनीय योगदानलाई सम्झिदै उहाप्रति हार्दिक श्रद्धाञ्जली सहित मौन धारणा गरिएको थियो ।

You might also like

Comments are closed.