काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारले राष्ट्रिय अभिभारा पूरा तथा ज्वलन्त समस्या समाधान गर्न गतिशील ढङ्गले काम अगाडि बढाउने बताएका छन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विश्वासको मत र मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकारले राष्ट्रिय अभिभारा पूरा तथा ज्वलन्त समस्या समाधान गर्न गतिशील ढङ्गले काम अगाडि बढाउने विश्वास दिलाएका छन् ।
सरकारले पूर्णता पाएसँगै राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार केन्द्रित हुने उनको भनाइ छ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

उनले भने, ‘वर्तमान सरकार केही महत्त्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित छौँ। सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयारीमा हुनुहुन्छ। पुस २६ गते सरकारले संसद्समक्ष संसदमा विश्वासको मत लिने कार्यक्रम रहेको छ। विश्वासको मत लिएसँगै मन्त्रीपरिषद्ले पूर्णता पाउनेछ। मन्त्री परिषद्ले पूर्णता पाएसँगै मन्त्रिपरिषद् राष्ट्रिय अभिभारामा केन्द्रित भएर जनता र राष्ट्रका समस्यामा केन्द्रित भएर गतिशील रूपमा अगाडि बढ्नेछ।’
अहिले नेकपा (एमाले) राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागकिर उन्मुक्ति पार्टी र केही स्वतन्त्र गरी एक सय ६९ सांसदको समर्थन छ । यही पुस २६ गते सरकारले संसद्बाट विश्वासको मत लिने कार्यक्रम रहेको छ ।




Comments are closed.