इकोनोमिक मिडिया सोसाइटीको अध्यक्षमा रामराजा श्रेष्ठ

काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले रामराजा श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ । शुक्रबार ललितपुरको कोटडाडामा सम्पन्न संस्थाको पाँचौं वार्षिक साधारणसभाले बिजखबर डटकमका सञ्चालक श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा बिजशाला डटकमका सोमनाथ बास्तोला, बिजपाटी डटकमका सञ्चालक लोचन खतिवडा चयन भएका छन् । त्यसैगरि महासचिवमा सिंहदरबार डटकमका नारायण पौडेल, सचिवमा टक्सार म्यागाजिनका हिम विष्ट, सहसचिवमा अर्थपथ डटकमका बिष्णु जम्कटेल (तारुके), कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव प्रसाद भण्डारी चयन भएका छन् ।

समितिको सदस्यमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल, अर्थसंसार डटकमका मिलन खड्का, आर्थिकआवाज डटकमका सुरेन्द्र पौडेल र अर्थतन्त्र डटकमकी सुभद्रा थापा चयन भएका छन् ।

footwear zone

आर्थिक मिडियाहरुको व्यवसायिक विकास र दक्षता अभिवृद्धिका लागि ६ बर्षअघि स्थापना भएको इम्शनमा यसअघि कर्पोरेट नेपालका सीताराम विलासी अध्यक्ष थिए । संस्थाले बिभिन्न खालका आर्थिक विषयमा बहस संचालनका साथै नीतिगत सुधारका लागि पहल गर्दै आएको छ । हाल इम्शनमा विभिन्न विधाका २७ वटा आर्थिक मिडियाहरु आवद्ध छन् ।

 

You might also like

Comments are closed.