पोखरा हार्डवयर एसोसिएसन कास्कीको अध्यक्षमा पृथ्वीराज तिमिल्सिना निर्वाचित भएका छन् । शनिबार सम्पन्न २९औं साधारणसभा एवं १५औं अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
एसोसिएसनको उपाध्यक्षमा अर्जुन थापा र अमर केसी, महासचिवमा कृष्णप्रसाद कोइराला, सचिवमा प्रतापराज पौडेल, कोषाध्यक्षमा रामेश्वर आचार्य निर्वाचित भएका छन् ।
सदस्यहरुमा सुलोष कुँवर, सन्दिप कुँवर, चन्द्र अधिकारी, मनोजकुमार अधिकारी र सुनिल श्रेष्ठ छन् । निबर्तमान अध्यक्ष शेषकान्त ढकाल पदेन सदस्य रहने रहनेछन् । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सर्वसम्मत अध्यक्षमा निर्वाचित गराउने सम्पूर्णप्रति तिमिल्सिनाले आभार व्यक्त गरेका छन् । व्यावसायिक हकहितका क्षेत्रमा काम गर्ने उनले प्रतिबद्धता गरे ।




Comments are closed.