कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

 

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। कांग्रेस संसदीय दलको आज बसेको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो।

त्यसैगरी बैठकले पार्टी प्रतिपक्षमा रहने समेत निर्णय गरेको छ। यस अघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो।

footwear zone

प्रधानमन्त्री दाहालले सोमबार साँझ सभापति देउवा निवास पुगेर विश्वासको मत मागेका थिए । जवाफमा सभापति देउवाले पार्टीको संसदीय दलको बैठकमा छलफल गरी निर्णय गर्ने बताएका थिए ।

You might also like

Comments are closed.