सेयर बजारमा ब्रेक : नेप्से दोहोरो अंकले घट्दा सात अर्ब ६५ करोडको बारोबार

काठमाडौं । लगातार उकालो लागेको सेयर बजार परिसूचक (नेप्से) साताको तेस्रो दिन आज भने दोहोरो अंले घटेको छ। नेप्से आज २१ दशमलव ३४ अंकले घटेर दुई हजार एक सय ९० दशमलव ४३ विन्दुमा झरेको छ।

आज बजार घटे पनि कारोबार रकम भने निकै बढेको छ। आज दुई सय ५४ वटा कम्पनीका दुई करोड आठ लाख ४३ हजार कित्ता सेयर किनबेच हुँदा सात अर्ब ६५ करोड ८८ लाखको कारोबार भएको छ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको २१ करोड र अपी पावर कम्पनीले २० करोडको काराबोर गरेका छन् । नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा दुई वटा समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ४१ अंकले बढेर १४ सय २१ दशमलव आठ अंकमा चढेकोमा सामुहिक लगानी कोष समूहको सूचक पनि बढेको छ।

footwear zone

विकास बैंक समूहको सूचक ४१ दशमलव ७४ अंकले घटेर तीन हजार नौं सय छ दशमलव ३४ अंकमा झरेको छ। जलबिद्युत समूहको सूचक १५ दशमलव छ अंकले घटेर २५ सय ८७ दशमलव ७२ अंकमा झरेको छ। जीवन बिमा समूहको सूचक पनि दुई सय ४३ दशमलव नौ अंकले घटेर ११ हजार एक दशमलव ७२ अंकमा झरेको छ।

निर्जिवन बिमा समूहको सूचक दुई सय ७८ दशमलव ३२ अंकले घटेर नौ हजार चार सय सात दशमलव ८३ अंकमा झरेको छ । यि बाहेक फाइनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि घटेका छन्।

You might also like

Comments are closed.