माघ २ गते २५ औं भूकम्प सुरक्षा दिवस कमलपोखरीमा मनाइने

काठमाडौं । यस वर्षको २५ औँ भूकम्प सुरक्षा दिवस कमलपोखरीमा मनाइने भएको छ। आगामी माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन काठमाडौं महानगरपालिकामा आज भएको छलफलका क्रममा व्यवस्थापन उपसमितिको बैठकले उक्त निर्णय गरेको हो।

छलफलका क्रममा नगर उपप्रमुख सुनिता डङ्गोलले दिवसको अवसरमा सुरु हुने कार्यक्रमलाई महानगरले वर्षैभरि सञ्चालन गर्ने जनाउँदै विद्यालयको सुरक्षित भौतिक संरचनाका लागि विद्यालय स्तरमा गएर जानकारी दिइने बताइन।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले मानिसले भूकम्प बिर्सिदै गएर भवन संहिता पालनामा पनि लापर्वाही गर्न थालेको स्मरण गराए।

footwear zone

अनधिकृत संरचना आफैँ व्यवस्थापन गर्न सम्बन्धितका नाममा सार्वजनिक सूचना जारी गरिएको र अटेर गर्नेलाई कारवाही प्रक्रिया अगाडि बढाइने महानगरले जानकारी दिएको छ ।

यही पुस १८ गते भूकम्प सुरक्षा दिवस मूल समारोह समितिका संयोजक, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संयोजकत्वमा बसेको बैठकले कामपाको संयोजकत्वमा व्यवस्थापन उपसमिति गठन गरेको थियो ।

 

You might also like

Comments are closed.