कालीकोटमा विद्युत् सेवा अवरुद्ध

 

कालीकोट । कालीकोटमा विद्युत् सेवा रोकिएको छ । भोल्टेज कम भएकाले कालीकोट जिल्लाभर मंगलबारदेखि विद्युत् सेवा रोकिएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले जनाएको छ।

विद्युत सेवा रोकिए पछि जिल्लाभरका सञ्चारमाध्यम, टेलिफोन सेवा, सरकारी कार्यालयको कामसमेत प्रभावित भएको छ। यस्तै जुम्लामा राष्ट्रिय प्रसारण लाइन पनि रोकिएको छ।

footwear zone

विद्युत् सेवा रोकिँदा कालीकोटदेखि जुम्लासम्मकै स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् सेवा सञ्चालनमा प्राधिकरणले ढिलासुस्ती गरेको स्थानीयले आरोप लगाएका छन्।

You might also like

Comments are closed.