लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्ष भट्टराईद्वारा शपथ ग्रहण

काठमाडौं ।  लुम्बिनी विकास बैंक लिमिटेडको पुष २६ मा सम्पन्न १५ औं बार्षिक साधारण सभाबाट निर्बिरोध निर्वाचित सञ्चालकहरु मध्ये चिन्तामणी भट्टराईलाई सञ्चालक समितीको पहिलो बैठकले सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । नवनियुक्त अध्यक्ष श्री चिन्तामणी भट्टराइले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

नवनियुक्त अध्यक्ष चिन्तामणी भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट एम.वि.ए.सम्मको उच्च शिक्षा हासिल गरि विभिन्न समयमा विभिन्न संस्था तथा होटल व्यवसायको उच्च व्यवस्थापनमा संलग्न रहि कार्य अनुभव हासिल गर्नुका साथै साविक लुम्बिनी फाइनान्स एण्ड लिजीङ्ग कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक, लुम्बिनी जनरल इन्स्युरेन्सको सञ्चालक, नाडेप लघुबित्त वित्तीय संस्थाको सञ्चालक, डिप्रोक्स लघुबित्त वित्तीय संस्थाको सञ्चालकको अनुभव रहेको छ । यसै गरी रोटरी इन्टरनेशनलसंग विगत दुई दशक भन्दा बढी समय देखि आवद्ध रही सन् २०१८÷०१९ को लागि नेपाल–भुटान डिष्ट्रिक गभर्नर रही सामाजिक सेवामा समेत निरन्तर योगदान पु¥याउदै आएका छन् । उनको कुशल नेतृत्वमा लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिएको छ ।

शपथ ग्रहणको अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक श्री बुद्ध राज शर्मा र लुम्बिनी विकास बैंक लि. का नव निर्वाचित सञ्चालक गणेश राज रेग्मी, प्रमुख कार्यकारी अधिकृत श्री नरेश सिंह बोहरा, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र मुख्य प्रवन्धक दिपक खनालको समेत उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.