ग्रेटर नोयडा । भारतमा आयोजित अटो एक्स्पो २०२३ मा नेपाली व्यवसायीहरु सहभागी भएका छन् । नाडा अटोमोबाइल एसोसिएन अफ नेपालको नेतृत्वमा नेपालका अटोमोबाइल व्यवसायीहरु एक्स्पोमा सहभागी भएका हुन् । सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (साइम)ले एक्स्पो आयोजना गरेको हो ।
नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा एक्स्पोमा सहभागी भएका व्यवसायीहरुले एक्स्पो अन्तर्गत आयोजित विभिन्न छलफल तथा अन्तरक्रियामा पनि नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका छन् । साइमले १४ जनवरी (शनिबार) मा आयोजना गरेको ‘अटो ट्रेड डाइलग’मा मन्तव्य राख्दै नाडाका अध्यक्ष ध्रुव थापाले नेपालको अटोमोबाइल व्यवसायको बर्तमान अवस्थाका बारेमा धारणा राखेका छन् । अटो ट्रेड डाइडलमा नेपालको तर्फबाट नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले पनि बोलेका थिए ।
कार्यक्रममा नाडाका अध्यक्ष थापाको नेतृत्वमा उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, महासचिव सुरेन्द्रकुमार उप्रेती (सुरेश), कोषाध्यक्ष मीलनबाबु मल्ल, कार्यसमिति सदस्य प्रकाश कपुरी, आकाश गोल्छा, यमुना श्रेष्ठ लगायत सहभागी भए ।

यस अगाडि १२ जनवरीमा अटो एक्स्पोमा विद्युतीय सवारीका सन्दर्भमा आयोजित ‘इभी डिस्कसन’मा नाडाका तर्फबाट राजनबाबु श्रेष्ठ, आकाश गोल्छा र यमुना श्रेष्ठ सहभागी भए । दिल्लीको ग्रेटर नोयडामा जनवरी ११ बाट सुरु एक्स्पो १८ जनवरीसम्म चल्नेछ ।

दिल्लीमा यस अगाडि २०२० मा एक्स्पो भएको थियो । हरेक २ वर्षमा आयोजना हुने एक्स्पो २०२२ मा कोभिडका कारण हुन सकेको थिएन ।





Comments are closed.