फिलिपिन्समा आँधीमा परी मृत्यु हुनेको संख्या २७ पुग्यो

काठमाडौं । फिलिपिन्समा यस महिना आँधीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । मौसमविद्हरूले विपद्को जोखिममा रहेको देशमा लगातार भारी वर्षा हुने चेतावनी दिएका छन्।

भारी वर्षा र बाढीले क्रिसमस सप्ताहन्तदेखि देशको दक्षिणी र मध्य टापुहरूलाई त्रसित बनाएको र हजारौंलाई आफ्नो घर छोड्न बाध्य पारेको छ। वर्षको सुरुदेखि नै कम्तीमा तीनवटा आँधीका कारण देशभर २७ जनाको ज्यान गएको नागरिक रक्षा कार्यालयले आइतबार एक प्रतिवेदनमार्फत जनाएको छ।

एघार जना घाइते भएका र तीन जना बेपत्ता रहेका बताइएको छ। राज्यको मौसम पूर्वानुमानकर्ता पीएजिएएसएले आइतवार लुजोनको मुख्य टापुको दक्षिणी छेउमा रहेको बिकोल प्रायद्वीप र क्वेजोन प्रान्तमा भारी वर्षाको चेतावनी दिएको छ।

footwear zone

८३ हजार भन्दा बढी मानिस विस्थापित केन्द्रहरूमा आश्रय लिएर बसेका र बाढी र भारी वर्षाका कारण १२ सय भन्दा बढी घरमा क्षति पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

You might also like

Comments are closed.