लुम्बिनी प्रदेशको माघी महोत्सव स्थगित

बुटवल । लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको माघी महोत्सव स्थगित भएको छ। आइतबार पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनापछि संघीय सरकारले सोमबार राष्ट्रिय शोक बिदा दिएपछि लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव स्थगित गरेको हो।

यसअघि गत शुक्रबार प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सोमबार माघी महोत्सव मनाउने र प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जहाज दुर्घटनामा परी ६९ जनाको ज्यान गएको र संघीय सरकारले शोक मनाउने निर्णय गरेसँगै उक्त कार्यक्रम स्थगित भएको जानकारी दिए।

footwear zone

धमलाका अनुसार माघी महोत्सवको सम्पुर्ण तयारी भइसकेपनि थारू र मगर समुदायसँग सल्लाह गरेर सरकारले उक्त निर्णय गरेको हो।

You might also like

Comments are closed.