सेन्ट्रल फाइनान्सको पाँच प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको २६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। साधारण सभाले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट सेयरधनीहरुलाई पाँच प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ।

उक्त साधारण सभाले संजोज मान श्रेष्ठ, चैत्यराज शाक्य, चण्डिका श्रेष्ठ, डा। किशोर हाकुदुवाल, विद्या भूषण ध्वज जोशी र प्रनेश बाटीलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २६ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा दिंदै आएको यस संस्थाको ललितपुरको कुपण्डोल कानदेवस्थानमा आफ्नै नवनिर्मित केन्द्रीय कार्यालय तथा काठमाडौं शाखा रहेको छ ।

footwear zone

त्यस्तै, फाइनान्सको काठमाडौं चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल र भैरहवा, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुर, सुनसरीको ईटहरी, झापाको बिर्तामोड, पर्साको वीरगञ्ज गरी १७ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको छ।

संस्थाले कारोबार विस्तारको क्रममा छिट्टै नै मोरङको विराटनगर र रौतहटको चन्द्रपुरमा थप दुई नयां शाखा सञ्चालनमा ल्याउन लागेको छ । चुक्ता पूंजी ९४ करोड ८८ लाख ७५ हजार रहेको संस्थाको हाल निक्षेप ६ अर्ब २९ करोड र कर्जा पाँच अर्ब १६ करोड रहेको छ ।

You might also like

Comments are closed.