जुम्लामा एमबीबीएस पढ्ने विद्यार्थीलाई ३५ लाख छात्रवृत्ति

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिकाभित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले रु ३५ लाख छात्रवृत्ति दिने भएको छ। पाँच वर्षमा एक चिकित्सक उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरी गाउँसभाबाट पारित भएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए ।

एमबीबीएसलगायत प्रविधिक विषयमा पढाउन सहयोग गर्न लागेको गाउँपालिका अध्यक्ष बोहोराको भनाइ छ। सो गाउँपालिकाले बुधबार १० औँ हिउँदे गाउँसभाबाट एमबीबीएस पढ्ने विद्यार्थीलाई छात्रवृत्तिदेखि बालमैत्री वडा घोषणासम्मका विभिन्न ऐन नियम पारित गरेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए।

हिउँदे गाउँसभाबाट पालिकाका सबै वडामा ‘बाल विवाह न्यूनीकरणमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारालाई मध्यनजर गर्दै बाल विवाह रोकथामका विभिन्न सचेतना कार्यक्रम चलाइने उपाध्यक्ष रोकायाले भने, “पालिकाको वडा नं ४ र ५ लाई बालमैत्री वडा घोषणा गर्ने निर्णय गाउँसभाबाट पारित भएको छ।”

footwear zone

पालिकाभित्रका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्नका लागि हिउँदे गाउँसभाबाट छात्रवृत्ति निर्देशका, २०७९ बहुमतले गाउँसभाबाट पारित भएको छ।

You might also like

Comments are closed.