पोखरा । नेपालमै उत्पादन सुरु भएको ‘स्मरनोफ ब्रान्ड’कोे भोड्का पोखरामा पनि बिक्री वितरण शुरु भएको छ । पोखरासहित गण्डकी धौलागिरी क्षेत्रमा भोड्का उपलब्ध रहेको कम्पनीले जनाएको छ । मदिरा उत्पादक कम्पनी नेपाल लिकर्स प्रालिले यो भोड्कालाई उत्पादन गरी नेपाली बजारमा उपलब्ध गराएको हो ।
राजधानी काठमाडौंसहित देशभरको बजारमा भोड्का उपलब्ध गराउने क्रममा पोखरामा पनि बिक्री वितरण सुरु भएको रिजनल सेल्स म्यानेजर अर्जुन काफ्लेले जानकारी दिए । नेपाल लिकर्स प्रालिको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता नेपाली रिलेसन ट्रेडर्स र सुविन ट्रेड सेन्टर रहेका छन् ।
विश्वको नम्बर १ ब्रान्ड मानिएको स्मरनोफ भोड्का नेपाली बजारमा पनि लोकप्रिय हुने कम्पनीका कार्यकारी अध्यक्ष राजेशबीरसिंह तुलाधरको विश्वास छ ।

स्मरनोफ भोड्का ७५०, ३७५ र १८० गरी ३ भेरियन्टमा बजारमा उपलब्ध छन् । भोड्काको मूल्य क्रमशः २ हजार २ सय रुपैयाँ, १ हजार एक सय रुपैयाँ र ५ सय ५० रुपैयाँ तोकिएको छ । कम्पनीको विराटनगरस्थित कारखानाबाट भोड्का उत्पादन भइरहेको छ । तीनपटक डिस्टिल र १० पटक फिल्टर गरेर भोड्का बजारमा ल्याएको जनाएको छ ।

कम्पनीले एन्टिक्विटी ब्लुु ह्विस्की, सिग्नेचर प्रिमियर–रेयर ह्विस्की, मिस्टर डोबेलको नम्बर १ लक्जरी ह्विस्की, ब्लुु रिब्यान्ड जिन लगायतका ब्राण्डमा मदिरा नेपालमा बिक्री वितरण गर्दै आइरहेको छ ।




Comments are closed.