सरकारको निर्णयले इजाजत प्राप्त क्रसर उद्योग पनि संकटमा

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले ढुंगा, गिटि, बालुवा उद्योगहरुलाई उत्खनन, उत्पादन तथा विक्री वितरणमा रोक लगाएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघले आज (शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गर्दै कानुन बमोजिम दर्ता भएका इजाजत प्राप्त उद्योगहरुलाई देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयले उत्खनन्, उत्पादन तथा विक्री वितरणमा रोक लगाउने कार्य कानुन विपरित भएको जनाएको छ ।

पुस २० गते गृहमन्त्रालयले देशभर संचालनमा रहेका इजाजत प्राप्त नगरेका ढुंगा, गिटि, बालुवा उद्योगहरुलाई उत्खनन्, उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको थियो ।

footwear zone

तर महासंघले आज पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारको उक्त निर्णयले इजाजत प्राप्त तथा कानुन बमोजिम संचालनमा रहेको उद्योगहरु समेत मर्कामा परेको जनाएको छ ।

महासंघले कानुन बमोजिम इजाजत लिई सञ्चालनको अनुमति लिएका उद्योगहरु सञ्चालन गर्न पाउनुपर्ने, कानुन बमोजिम इजाजत लिई सञ्चालनमा रहेका उद्योगहरुको नविकरण तत्काल गर्न पाउनुपर्ने, इजाजत नलिई सञ्चालनमा रहेका उद्योगहरु तत्काल बन्द हुनुपर्ने माग गरेको छ ।

त्यस्तै, महासंघले उत्खनन कार्य स्थानीय निकायमार्फत र क्रसर उद्योग सञ्चालन कार्य उद्योग विभागमार्फत व्यवस्थापन गर्नुपर्ने र आयोजनाको उद्देश्यअनुसार स्थापना भएका क्रसर उद्योगहरु आयोजना सम्पन्न भएपछि तत्कालै बन्द गरिनुपर्ने पनि माग गरेको छ ।

You might also like

Comments are closed.