सोमबारदेखि देशभर वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार रातिदेखि काठमाडौंलगायतका क्षेत्रमा सामान्यदेखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।

पश्चिम नेपालबाट सुरु भएर बिहिबारसम्म काठमाडौंलगायतका क्षेत्रमा सामान्यदेखि मध्ययम वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए। हिमाली भेगमा भने मंगलवारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको उनले बताए।

यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको छ। विभागको तथ्यांक अनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो ।

footwear zone

सन् १९९१ देखि सन् २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो । तर, यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा शुन्य दशमलव एक मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्यांक छ। अघिल्लो हिउँद अर्थात् सन् २०२१ को डिसेम्बर १ देखि २०२२ को जनवरी १८ सम्ममा २७ दशमलव १ मिलिमिटर पानी परेको थियो ।

नेपालमा मंसिर १५ देखि फागुन १५ गतेसम्मको समयलाई हिउँदयाम मान्ने गरिन्छ। यस वर्ष समुद्रको तापक्रम औसतभन्दा कम भएकोले पश्चिमी वायु कमजोर भई पानी कम परेको जलवायु विज्ञ धर्मराज उप्रेतीले बताए।

You might also like

Comments are closed.