नेपाल बैंकको दोस्रो त्रैमासिक नाफा एक अर्ब १७ करोड

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब १७ करोड छ लाख ५५ हजार चार सय २५ रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ४१ करोड ७० लाख ५८ हजार आठ सय ३५ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुंँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार नौं सय २८ रुपैंयाँ रहेको बैंकले चाल आवको दोस्रो त्रैमासमा दुई खर्ब १२ अर्ब ८३ करोड ७६ लाख तीन हजार चार सय ३९ रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ६८ अर्ब ९३ करोड ६० लाख ८१ हजार सात सय ८० रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा तीन अर्ब ८४ करोड ८८ लाख ७४ हजार चार सय ६१ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा २९ करोड ७२ लाख १४ हजार दुई सय ४६ रुपैयाँ रहेको बैंकको स्प्रेड दर भने चार दशमलव २६ प्रतिशत रहेको छ ।

footwear zone

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ९६ अर्ब सात करोड ६१ लाख ४९ हजार दुई सय ८३ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७१ अर्ब ४८ करोड पाँच लाख एक हजार आठ सय ६६ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा तीन अर्ब दुई करोड ४९ लाख ३० हजार तीन सय ८९ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर दुई दशमलव ९१ प्रतिशत रहेको थियो ।

You might also like

Comments are closed.