मोरङमा अवैध रूपमा ल्याइएको २६ बोरा कागती बरामत

काठमाडौं । मोरङमा अवैध रूपमा भन्सार छली ल्याएको २६ बोरा कागती बरामत गरेको छ ।

विराटनगर-११ स्थित नयाँ गुद्रीबाट प्रहरीले भन्सार छली अवैध रूपमा ल्याइएको २६ बोरा कागती बरामद गरेको हो। मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार गोदाममा भण्डारण गरी राखिएको अवस्थामा कागती बरामद गरिएको हो ।

स्थानीय व्यापारी कृष्ण शाहको गोदामबाट कागती बरामद गरिएको हो । बरामद गरिएको कागती आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयलाई बुझाइएको छ।

footwear zone

प्राप्त सूचनाका आधारमा प्रहरीले कागती बरामद गरेपनि व्यापारी शाह भने फरार छन्।प्रहरीले उनको खोजतलाश गरिरहेको र प्रहरीको प्रारम्भिक अनुसन्धानमा कागती भने भारतबाट तस्करी गरी ल्याइएको देखिएको छ। यसबारे प्रहरीको थप अनुसन्धान जारी रहेको छ ।

You might also like

Comments are closed.