धादिङमा ३४ किलो ५०० ग्राम चरेससहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले धादिङमा ३४ किलो ५०० ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

धादिङको गल्छी गाउँपालिका-८, सुत्केरी ढुङ्गाबाट ३४ किलो ५०० ग्राम चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

लागू औषध ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा लुकाएर राखेको ठाउँमा चरेस फेला पारेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८, किरानचोकका ३२ वर्षीय वीर बहादुर तामाङ रहेका छन् ।

footwear zone

पछिल्लो समयमा लागुऔषधको ओसारपोसारको कार्य बढ्दो क्रममा रहेका छन् ।

 

 

You might also like

Comments are closed.