सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोवार फुकुवा

 

काठमाडौं । गत पुस ७ गतेबाट एकिकृत कारोवार संचालन गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार फुकुवा भएको छ।

मर्जर प्रकृयाका कारण गत असार १३ गतेदेखि रोक्का रहेको कम्पनीको सेयर कारोवार आजबाट सुचारु भएको हो। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूर्यज्योतिको सुरुवाती मूल्य ३ सय ७१ रुपियाँ ५९ पैसा तोकिएको छ ।

footwear zone

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सबीच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी हो । यसको चु्क्ता पूँजी ४ अर्ब ५४ रुपियाँ रहको छ । कम्पनिले देशभर १ सय ८१ शाखा कार्यालयहरुबाट बीमा सेवा प्रदान गर्दै आएको छ।

You might also like

Comments are closed.