स्वाभिमान लघुवित्त २० प्रतिशत बोनस सेयर दिने

 

काठमाडौं। स्वाभिमान लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर दिने भएको छ । हिजो बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँको २० प्रतिशत बोनस सेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.०५२६ प्रतिशत गरी कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

footwear zone

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

You might also like

Comments are closed.