सुपर मादी हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

 

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आईपिओ बिक्री खुला गरेको हो।

यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत मंसिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकहरुको लागि आईपीओ निष्काशन गरेको थियो।

footwear zone

कम्पनीले कास्कीमा ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीले १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

You might also like

Comments are closed.