नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफ स्टाइलमा छुट

 

काठमाडौं । नबिल बैंकले सिजी डिजिटल र एलजी लाइफ स्टाइलका आउटलेटबाट सामान खरिद गर्दा ग्राहक लक्षित छुट योजना ल्याएको छ। ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्न सिजी डिजिटल र एलजीका सामान खरिदमा छुट अफर ल्याएको बैंकले बताएको हो।

नबिल बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफ स्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामग्री खरिदमा २० प्रतिशत अग्रिम छुट पाउनेछन्।

footwear zone

डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको बैंकले यस्ता प्रकारका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ। डिजिटल कारोबारमा छुटको व्यवस्थाले ग्राहकलाई थप सहज हुने बैंकका खुद्रा कारोबार प्रमुख निरज शर्माले बताए। बैंकले हाल २४० शाखा २८० एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।

You might also like

Comments are closed.