आत्मदाह गरेका आचार्यका छोरीलाई सांसद्‍ बस्‍नेतले पढाइ दिने

 

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं.२ का सांसद मोहनबहादुर बस्नेतले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका छोरीहरूको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्।

उनले आचार्यका परिवार बसेको सिनामंगलमै पुगेर प्रत्यक्ष रूपमा भेटी यसको व्यवस्थाको जिम्मा लिएको सामाजिक सञ्जालमार्फत बताएका छन्।

footwear zone

गत मंगलबार संसद भवनअगाडि नयाँ बानेश्वरमा आचार्यले शरिरमा पेट्रोल छर्केर आगो लगाएका थिए। कीर्तिपुरको बर्न हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको थियो।

You might also like

Comments are closed.