रवि लामिछानेले लिए पुनः नेपाली नागरिकता

काठमाडौं । रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

उनले स्थानीय प्रशासनको सिफारिसअनुसार नागरिकता पुनः पाउँ भन्दै दिएको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकताको प्रमाणपत्र दिएको स्वकीय सचिव दीपक बोहोराले बताए ।

यसअघि नै नेपालको नागरिकता लिइसकेका लामिछानेले अमेरिका गएपछि उतैको नागरिकता लिँदै नेपाली नागरिकता त्यागेका थिए। तर अमेरिकी नागरिकता परित्याग गरेपछि पुनः नयाँ प्रक्रियाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुपर्नेमा पुरानै नागरिकताको आधारमा प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिएका थिए ।

footwear zone

सांसद हुँदै उप्रधान एवम् गृहमन्त्री बनेका लामिछानेको नागरिकता नै शुक्रबार अवैध रहेको सर्वोच्चको फैसलापछि लामिछानेले पुनः नागरिकताको प्रमाणपत्र लिएका हुन् । अवैध नागरिकताकै कारण उनको सांसद र मन्त्री पद खारेज भइसकेको छ।

You might also like

Comments are closed.