अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्कासन गर्न सहमति

काठमाडौं–अपि पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्न नियमनकारी निकाय विद्युत नियमन आयोगबाट सहमति पाएको छ ।

कम्पनीको माघ २ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी तीन अर्ब चौरासी करोडमा गत आर्थिक वर्षको ७.५ प्रतिशत बोनस सेयर समेत समावेश गरी कायम हुने चुक्ता पूँजी चार अर्ब तेह करोड बत्तीस लाख रुपैयाको १ः०.४० को अनुपातमा १०० अंकित दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो ।

कम्पनीले सञ्चालन गरी विद्युत उत्पादन गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्ने निर्णय बमोजिम हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगको पूर्व स्वीकृति प्राप्त भएको हो ।

footwear zone

अब आगामी बस्ने कम्पनीको १९ औं वार्षिक साधारण सभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्ड समक्ष अन्तिम स्वीकृतिको लागि पेश भई हकप्रद सेयर जारी तथा निष्कासनको स्वीकृति प्राप्त भएपश्चात् मात्र हकप्रद सेयर निष्काशन तथा बिक्री गरिनेछ ।

You might also like

Comments are closed.