रोटरी क्लव अफ पाटन हेरिटेजले सम्पदा पैदल यात्रा गर्दै

काठमाडौं ।  रोटरी क्लव अफ पाटन हेरिटेजले आगामी फागुन ६ गते सम्पदा पैदल यात्रा कार्यक्रम आयोजना गर्ने भएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी आन्तरिक पर्यटन प्रवर्द्धन, भाषा, कला र सँस्कृतिहरुको जर्गेना र प्रचार प्रसार तथा संरक्षण सम्वर्द्धन लागि “सम्पदा संरक्षणको लागि पैदल यात्रा” नारासहित आगाी फागुन ६ गते सम्पदा पैदल यात्रा कार्यक्रम आयोजना गर्न गर्न लागेको क्लवका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

उक्त पैदल यात्रा लतितपुर मंगलबजार दरवार स्क्वारबाट फागुन ६ गते शनिबार बिहान ७ बजे शुरु गरी मंगलबजार, पुल्चोक अक्षेश्वर महाविहार, भनिमण्डल, जलविनायक, पांगा बस पार्क हुँदै किर्तिपुरको उमामहेश्वर मन्दिरसम्म जम्मा १२ किमीको यो यात्रा गरी उमामहेश्वर मन्दिर प्रांङ्गणमा समापन गर्ने योजना रहेको अध्यक्ष कार्कीले बताए ।  साथै फागुनमा हुने यो पैदल यात्रामा लगभग २ हजार भन्दा वढी ब्यक्तिहरुको सहभागीता गराउने संस्थाको लक्ष्य रहेको छ ।

footwear zone

त्यस्तै, यस सम्पदा पैदल यात्रामा सहभागिता जनाउने इच्छुक ब्यक्तिले प्रतिब्यक्ति सात सय रूपैयाँ सहयोग स्वरुप खल्ती एप वा कुमारी बैल लिमिटेडको क्युआर कोड स्कान गरी वा संस्थाको दर्ता कार्यालय कुपण्डोलमा सम्पर्क गरी सहयोग रकम दाखिला गरी/गराई नाम दर्ता गराउन सकिने आयोजकले जनाएको छ ।

उक्त पैदल यात्राका लागि नाम दर्ता भएका सहभागीहरुलाई प्रति ब्यक्ति टि- शर्त, क्याप र खाजा उपलब्ध गराइने आयोजकले बताएका छन् । दर्ता शुल्कबाट संकलित सम्पुर्ण सहयोग रकम भाइदेगः पुर्ननिर्माण गरिरहेको संस्था सँस्कृति सम्पदा संरक्षण समूहलाई उपललब्ध गराइने समेत जानकारी आयोजकले दिए ।

रोटरी क्लव अफ पाटन हेरिटेज सन् २०२२ अगष्ट महिनाको ०९ तारिखमा रोटरी इन्टरनेशनलमा दर्ता भई नेपाल सरकारको संस्था दर्ता सम्वन्धी ऐन २०३३ अनुसार दर्ता भएको एक सामाजिक संस्था हो । स्वास्थ्य, शिक्षा क्षेत्रमा केहि योगदान पुर्‍याउने हेतुका साथ सामाजिक कार्य गर्ने उद्देष्य लिएर स्थापित यो संस्था कला तथा सँस्कृति, सम्पदाहरुको संरक्षण, सम्वर्धन तथा प्रवर्धनको गर्ने /गराउने कार्यमा समेत कतिबद्ध रहेको छ ।
सम्पदा संरक्षणमा यस रोटरी क्लब अफ पाटन हेरिटेजको पहिलो पाइला भाइदेगः पुर्ननिर्माणमा आर्थिक सहयोग जुटाउने कार्यबाट शुभारम्भ गर्ने योजना रहेको छ ।

 

You might also like

Comments are closed.