सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः गणेशराज पोखरेल नियुक्त

काठमाडौं । सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा गणेशराज पोखरेल पुनः नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले पोखरेललाई दोस्रो कार्यकालको लागि पुनः सिइओ नियुक्त गरेको हो ।

पोखरेलको नेतृत्वमा बैंकले थप सफलता प्राप्त गर्दै जाने विश्वास गरिएको छ ।

सिटिजन्स बैंकको स्थापनाकालदेखि नै पोखरेल आबद्ध छन् । विभिन्न पदमा रहेर बैंकमा सेवा गर्दै उनी नेतृत्व तहमा पुगेका हुन् । सिइओ नियुक्त हुनु अगाडि उनी दोस्रो वरियतामा रहेर काम गरेका थिए ।

footwear zone

देशभर बैंकका १ सय ८२ शाखा सञ्जाल छन् । ३ विस्तारित काउण्टर, १ सय ३५ एटिएम, ९७ शाखा रहित बैंकिङ इकाई र २० माइक्रोफाइनान्स इकाईबाट बैंकले सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.