साताको सेयर समिक्षा : नेप्से २०९४.५४ अंकमा सीमित, १३ अर्बको कारोबार

काठमाडौं । यो साता नेप्से दुई हजार ९४ दशमलव ५४ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ९८ दशमलव ३७ अंकमा सीमित भएको छ।

सातामा कुल दुई सय ६१ वटा कम्पनीहरुको दुई लाख ३९ हजार चार सय ९८ पटकको कारोबारमा तीन करोड ५५ लाख ८९ हजार सात सय ९८ कित्ता सेयर किनबेच हुँदा कुल १३ अर्ब ७२ लाख ७७ को कारोबार भएको छ। यो कारोबार रकम गत साताकै बराबरको हो।

गत साता भने नेप्सेमा दुुई सय ६१ वटा कम्पनीहरुको दुई लाख १९ हजार नौ सय ४० पटकको कारोबारमा तीन करोड ६३ लाख ५६ हजार सात सय ८६ कित्ता सेयर किनबेच भएको थियो । जसबाट उक्त साता कुल कारोबार रकम १३ अर्ब १९ करोड ३८ लाख ३० हजार एक सय ९० रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन खुल्ला रहेको थियो । जसमध्ये चौंथो दिन नेप्से बढेपनि बाँकी चार कार्य दिन लगातार नेप्से घटेको थियो ।

footwear zone

सो अनुसार पहिलो दिन १४ दशमलव ६८ अंकले घटेर दुई हजार एक सय ६८ दशमलव ५३ अंकमा सिमित हुन पुगेको नेप्से अन्तिम कारोबार दिन पनि २२ दशमलव १२ अंकले घटेर दुई हजार ९४ दशमलव ५४ अंकमा खुम्चिन पुगेको थियो । यसबाहेकका बाँकी दिनहरुमा पनि नेप्से लगातार घटेको थियो ।

यो साता एनआईसी एशिया बैंक, रिडी हाईड्रो पावर कम्पनी, स्टान्र्डड चार्टड बैंक लगायतका कम्पनीहरुको बढी कारोबार भएको छ। कारोबार भएको सेयर संख्याको आधारमा भने रिडी हाइड्रो पावर कम्पनी, एनआईसी एशिया बैंक अगाडि छन्।

You might also like

Comments are closed.