सेयर बजारमा हरियाली : नेप्से साढे ७६ अंकले बढ्दा ३ अर्ब ३६ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार परिसूचक (नेप्से) ले छलाङ मारेको छ । गत साता निरन्तर ओरालो लागेको सेयर बजार यो साताको सुरुदेखि नै सामान्य बढ्दै आज उच्च अंकले बढेको हो । नेप्से आज ७६ दशमलव ६४ अंकले बढेर दुई हजार एक सय ७७ दशमलव ३५ विन्दुमा पुगेको छ।

आज बजारसँगै कारोबार रकममा पनि सुधार आएको छ। आज दुई सय ६० वटा कम्पनीका ९३ लाख ३३ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ३६ करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआईसी एसिया बैंकले १२ करोड ९२ लाख रुपैयाँको कारोबार गरेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सबै समुहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ। यो मध्ये वाणिज्य बैंक समुहको सूचक ३२ दशमलव २४ अंकले बढेर १४ सय दुई दशमलव ५८ अंकमा चढेकोमा विकास बैंक समुहको सूचक पनि एक सय ८६ दशमलव २९ अंकले बढेर तीन हजार आठ सय ५९ दशमलव ८६ अंकमा चढेको छ।

footwear zone

जलबिद्युत समूहको सूचक पनि एक सय ३८ दशमलव १७ अंकले बढेर २७ सय ३८ दशमलव १७ अंकमा चढेकोमा जीवन बीमा समुहको सूचक पनि चार सय ६७ दशमलव २६ अंकले बढेर १० हजार नौं सय ९३ दशमलव छ अंकमा चढेको छ ।

निर्जिवन बीमा समुहको सूचक पनि तीन सय ९३ दशमलव ३९ अंकले बढेर नौं हजार चार सय १६ दशमलव २४ अंकमा पुगेको छ

You might also like

Comments are closed.