नेपाल विद्युतीय व्यवसायी महासंघको नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा देवकोटा

काठमाडौं ।  नेपाल विद्युतीय व्यवसायी महासंघको नयाँ कार्यसमिति निर्वाचित भएका छन् । महासंघको अध्यक्षमा रेशम प्रसाद देवकोटा निर्वाचित भएका छन् ।

माघ २८ गते उप प्रधानमन्त्री एवं अर्थ मन्त्री श्री विष्णु प्रसाद पौडेलको आतिथ्यतामा सम्पन्न भएको तेह्रौं वार्षिक साधारण सभा एवं पाँचौं महाधिवेशनबाट देवकोटाको अध्यक्षतामा पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई निर्वाचित गरेको हो ।

त्यस्तै, प्रथम उपाध्यक्षमा प्रेम बहादुर जि.सि, द्धितिय उपाध्यक्ष (एसोसियट)मा कोमल पोखरेल, तृतिय उपाध्यक्षमा लेखनाथ सापकोटा निवार्चित भएका छन् ।
त्यसैगरी, महासचिवमा गोपाल अग्रवाल, कोषाध्यक्षमा प्रकाश चन्द्र पाण्डे, सचिवमा बिनोद लुईटेल, सह-कोषाध्यक्षमा महेन्द्र कुमार श्रेष्ठ निर्वाचित भएका छन् । साथै, खुल्ला सदस्यहरुमा शंकर प्रसाद पोख्रेल, केशव ढकाल, राजेश गौतम, शिवराज रिजाल, चन्द्रकान्त जैसी शर्मा निर्वाचित भएका छन् ।

footwear zone

यस्तै, प्रदेश सदस्यहरुमा १ प्रदेशमा चन्द्रमणि देवकोटा, मधेश प्रदेशमा मनोज कुमार अग्रवाल, वाग्मतीमा सरोज कुमार रेग्मी, गण्डकीमा राजु भण्डारी लुम्बीनीमा लोकनाथ पोखरेल,सुदुर पश्चिममा विष्णुराज भट्ट निर्वाचित भएका छन् भने एसोसियट् सदस्यहरुमा पुरुषोत्तम अधिकारी रबालकृष्ण अग्रवाल निवाचित भएका छन् ।

नेपाल विद्युतीय व्यवसायी महासंघ, देशको औद्योगिक एवं वाणिज्य क्षेत्रको सर्वाङ्गिण विकास तथा विद्युत क्षेत्रसँग प्रत्यक्ष संलग्न भई यस क्षेत्रसंग प्रत्यक्ष तथा परोक्षरुपमा संलग्न पेशागत व्यवसायीहरुको समग्र विकाश प्रति समर्पित संस्था हो । नेपाल विद्युतीय व्यवसायी महासंघमानेपाल भरमा २२ जिल्लारनगर संघहरु एवं ७५ एसोसिएट सदस्यहरु रहेका छन् ।

You might also like

Comments are closed.