सरकारले विकास बजेट खर्च गर्नुपर्यो

विक्रम सिङ्घानीया, सचिव, नाडा

अहिलेको अवस्थामा कुनै पनि क्षेत्र चलायमान हुन सकेका छैनन् । मूख्य कुरा उद्योगहरु चलायमान हुन सकेको छैन । सिमेन्ट, छड उद्योग, घरहरु बनिरहेको छैन । यी सबैलाई चाहिने कच्चा पदार्थ भनेको ढुवानीको माध्यमबाट आउँछन् । ढुवानी नै रोकिएको हुँदा ट्रक, ट्रिपरको पनि कारोबार रोकिरहेको छ । हाम्रो त खिइने आइटम (टायर) हो । चलिसकेपछि खिइन्छ । खिइएपछि बल्ल चेन्ज गरिन्छ ।

गाडीहरुको मुभमेन्ट नै कम भइसकेपछि जुन मान्छेले तीन महिना, ६ महिनामा चेन्ज गर्थे उनीहरुले पनि वर्ष दिनमा परिवर्तन गर्न थाले । अहिले १० वटा गाडी भएकाले ५ वटा चलाएर ५ वटा थन्काउनुपर्ने अवस्था छ । चाहिने सामान त्यही बसेको गाडीबाट झिकेर पनि आफ्नो कामहरु चलाइरहेका छन् । त्यो सबै अवस्था हेर्दा हाम्रो कुल व्यापार ७७ प्रतिशत तल झरेको छ । ३० प्रतिशत मात्रै अहिले बजार चलायमान भएको छ ।

अर्को कुरा वर्किङ क्यापिटलले पनि हामीलाई धेरै समस्या भएको छ । हाम्रो क्रेडिट व्यापार धेरै भएको हुँदा वर्किङ क्यापिटललाई हामीले म्याच गर्न सकिरहेका छैनौं । त्यही भएर हामीले लोन लिएको म्याच हुँदैन । क्रेडिट पनि यति गइरहेको छ कि तीन महिनाको ६ महिनासम्म उधारो भइसकेको छ । किनभने मार्केटबाट पैसा आइरहेको छैन । पहिला बर्खा भयो । त्यसपछि चुनाव भयो । चुनावपछि अहिलेसम्म स्थिर नै भइसकेको छैन । बीचमा अलिअलि खानीहरु चल्न थालेको थियो । त्यो पनि पछि बन्द भयो ।

footwear zone

यो आर्थिक वर्षको ६ महिनासम्म हेर्ने हो भने हाम्रो ७० प्रतिशत व्यापार तल झरेको छ । यो त नेगेटिभ कुराहरु भयो । अर्को पोजेटिभ कुराहरु के छ भने देशमा धेरै ठूलो कन्स्ट्रक्शन छ, हाइवे पनि बनाउनुपर्ने छ, फ्लाइ ओभर बन्दैछन् । नयाँ–नयाँ योजनाहरु आइरहेका छन् । यो सबै कुराहरुलाई हेर्दा देश पोजेटिभतिर छ । व्यापार चाहीँ हुन्छ । तर, सरकारले विकास बजेट खर्च गर्नुपर्यो ।

नयाँ–नयाँ योजनाहरु आइरहेका छन् तर अहिलेसम्म कार्यान्वयन भएको छैन् । अहिले काठमाडौंकै सन्दर्भमा हेर्ने हो भने हाम्रो एउटा आधा रिङ रोड बनिसकेको छ अर्को रिङ रोड अलरेडी प्रोजेक्टेड छ । टेन्डरिङ भएको छ तर, अहिलेसम्म काम चालु भएको छैन । धेरै कुराहरुमा बाधा भएको छ । किन ढिलो भइरहेको त्यो बुझ्न सकिरहेको छैन ।

त्यही विकासको क्रममा हाम्रो सबै कुराहरु चलायमान हुने हो । अब सरकारले, अर्थमन्त्रीले या भौतिक पूर्वाधारबाट सबैले हेरेर यसलाई कसरी अब चलायमान बनाउन सकिन्छ । विकास बजेट कसरी धेरै भन्दा धेरै खर्च गर्न सकिन्छ त्यो कन्सेप्टबाट हेर्यौं भने अझै विकास धेरै नै छ । अझ धेरै बढ्न सक्छ । यसको सन्दर्भमा कन्ट्रयाक्टर एसोसिएसनका अध्यक्षसँग पनि हामीले भेटेका थियौं । उहाँहरुको पनि भनाई त्यही नै छ । उहाँहरुको पनि विलहरु पास भइरहेका छैनन् । पैसा पेन्डिङ नै छ । कहिले सरकार, कहिले मन्त्री, कहिले सचिव परिवर्तन यी सबै कुराहरुले उहाँहरु पनि दुखी हुनुहुन्छ । मार्केटलाई चलायमान बनाउन हामी सबै व्यवसायीहरु एकजुट भएर अहिले बजारमा प्रतिस्पर्धा, बिक्रीको हिसाबले जुन क्रेडिट फ्लो गरिरहेका छन् यसलाई हामीले जसरी पनि नियन्त्रणमा ल्याएर हाम्रो व्यापारलाई क्यासमा परिवर्तन गर्यौं भने हामीलाई सबैभन्दा बढी संरक्षित हुन्छ । अगाडि व्यापार गर्न पनि सजिलो हुन्छ भन्ने मेरो बुझाई छ ।

कुराकानीमा आधारित

You might also like

Comments are closed.