छ्याङ्दी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्दै

काठमाडौं ।  छ्याङ्दी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले १ः१.५ अनुपातको दरमा हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो ।यसअघि, कम्पनीको ९२औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो ।

यो निर्णय रद्द गर्दै चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव सञ्चालक समितिले गरेको हो ।छ्याङ्दी हाइड्रोपावरले लमजङुमा दुईवटा जलविद्युत आयोजना सञ्चालन गर्दै आइरहेको छ ।

footwear zone

कम्पनीले २ मेगावाट क्षमताको छ्याङ्दी खोला हाइड्रोपावर र माथिल्लो छ्याङ्दी खोला आयोजनाबाट ४ मेगावाट जलविद्युत उत्पादन गरिरहेको छ ।हाल कम्पनीको चुक्तापूँजी ३८ करोड ६९ लाख ५५ हजार ५०० रहेको छ । कम्पनीको प्रस्तावित हकप्रद सेयर विक्री गर्न अनुमति पाएमा चुक्तापूँजी ९६ करोड ७४ लाख ४३ हजार ७५० पुग्नेछ ।

You might also like

Comments are closed.