सेयर बजार आज सामान्य बढ्यो, २ अर्ब ५२ करोडकाे काराेबार

काठमाडौं ।  साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा झिनो अंकले बढेको छ । आइतबार सेयर बजार नेप्सेपरिसूचक ४ दशमलव ५५ अंकले बढेको छ ।

आज नेप्से ४ दशमलव ५५ अंकले बढी २ हजार २७ दशमलव १९ बिन्दुमा पुगेर बन्द भएको थियो ।आइतबार २ सय ६२ कम्पनीका ६५ लाख १५ हजार ८ सय ५२ सेयर बिक्री हुँदा २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८ सय ७ रुपैयाँको कारोबार भएको छ ।

कारोबारको आधारमा आज १४६ कम्पनीका सेयर मूल्य बढ्दा ९ कम्पनीको मूल्य स्थिर रहयो ।

footwear zone

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी आठ समूहको परिसूचक बढेको छ।यस्तै, व्यापार समूहको परिसूचक सर्वाधिक १.४० प्रतिशतले घटेको भने होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २।८४ प्रतिशतले बढेको छ।

आज हिमालयन डिष्टिलरीको धेरै कारोबार भएको छ।उक्त कम्पनीको १० करोड ५८ लाख बराबरको सेयर कारोबार भएको हो। दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ७ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 

You might also like

Comments are closed.