खानेपानीलाई राजनीतिक अखडा नबनाउन मन्त्री खानको चेतावनी

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले खानेपानीलाई राजनीतिक अखडा बनाउन नहुने बताएका छन् ।

सोमबार नेपाल खानेपानी संस्थानको ३४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । साथै, मन्त्री खानले खानेपानी संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी समेत दिएका छन् ।

उनले खानेपानी संस्थान आम सर्वसाधारणहरूलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक बनाउन हुँदैनन् ।

footwear zone

उनले कर्मचारीहरूले खानेपानीको सुधार र खानेपानी आम सर्वसाधारणको घरमा पुर्‍याउनका लागि आन्दोलन गर्नुपर्ने बताए।उनले पार्टीमा राजनीति गर्न मन लागेको भए फिल्डमै गएर राजनीति गर्न र अरु पार्टीले स्थान नदिए आफ्नो पार्टीमा राम्रो स्थान दिने बताए।

उनले काभ्रेपलाञ्चोकको पनौतीस्थित खानेपानी संस्थानलाई निजीकरण गर्ने कुरा खानेपानी संस्थानले गरेको भन्दै निजीकरण किन गर्नुपर्ने भन्ने कारणसहित प्रतिवेदन सात दिन भित्रमा पेस गर्न खानेपानी संस्थानलाई निर्देशन दिएका छन् ।

You might also like

Comments are closed.